April 19, 2026, Sunday
२०८३ बैशाख ७

बेमौसमी बर्षा पिडित किसानलाई ५ अर्बको राहत दिने सरकारको निर्णय

काठमाण्डौँ कार्तिक ११(इ-रैवार)

बेमौसममा आएको बर्षाका कारणको  बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले किसानहरुलाइ पाँच अर्बको राहत प्याकेजको निर्णय गरेको छ।

सरकारले १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।

११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।  ती किसानलाई प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपैयाँसम्म राहत स्वरुप नगद दिने निर्णय बैठकले गरेको हो ।

४० कठ्ठाभन्दा बढी जमिन हुने किसानलाई प्रतिकठ्ठा ५९१ रुपैयाँ तथा प्रतिविघा ११ हजार ८२० रुपैयाँका दरले राहत उपलव्ध गराउने निर्णय बैठकले गरेको छ । ठूला किसानका साथै सबै वर्गका किसानलाई भने उत्पादन लागतको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । कृषि मन्त्रालयकाअनुसार सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत दिने निर्णय गरिएको छ ।

सरकारले एक लाख ११ हजार हेक्टरका लागि पाँच अर्ब ५२ करोड रुपैयाँ राहत वितरण गर्ने भएको मन्त्रालयले जनाएको छ ।