अरीङ्गालको टोकाईबाट डोटीमा एक महिलाको मृत्यु
- Eraibar
- २०७७ कार्तिक १७, सोमबार ०८:२८
- 16 Shares

डोटी, कार्तिक १७ (ई-रैवार)
डोटीको आदर्श गाउपालिकामा अरीङ्गालको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । आदर्श गाउपालिका वडा नम्बर १ वाझ ककानीको वाहुनटा टोलका ७५ बर्षिय कटी लुहारको अरीङ्गालको टोकाईबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्ष प्रबक्ता इन्द्र मल्लका अनुसार गोरु चराउन जगल गएका बेला लुहारलाई अरीङ्गालले टोकेको थियो ।
स्थानिय मौवा नगरदह स्वास्थ्य चौकिमा उपचार पछि घरमा राखीएका बेला राति मृत्यु भएको स्थानियले बताएका छन ।
यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्