डोटीमा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन

डोटी, असोज २८ (ई-रैवार)
डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि सुदूरपश्चिम प्रदेशमा पहिलो पटक जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो ।
छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समितिका अनुसार असोज २६ गतेबाट परीक्षण उडान सफल भएपछि नियमित रुपमा साहसिक प्याराग्लाइडिङ संचालनमा आएको हो । छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको सुरुवात गरेको समितिका अध्यक्ष भरत कुँवरले बताएका छन् ।
रुबसकाडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने उनले बताए । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिथलगरी तीन स्थानमा गर्न सकिने अध्यक्ष कुँवरले बताए । दशैं तिहारलाई मध्यनजर गर्दै प्याराग्लाइडिङको सुरुवात गरेको उनले बताए ।
‘प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने उदेश्यले दशैंतिहारको उपलक्ष्यमा सुरुवात गरेका छौ’ उनले भने, ‘प्याराग्लाइडिङ मार्फत पोखरापछिको पर्यटकिय स्थल बुडरको झरना, छतिवन ताल र भगत डाडाँहरुको आकाशबाटै मजा लिन सकिनेछ ।’
अहिलेसम्म प्याराग्लाइडिङ संचालनका लागि करिब ७ लाख लगानी लागेको समितिले जनाएको छ । प्याराग्लाइडिङको शुल्क ३ हजार ९ सय निर्धारण गरिएको छ ।
प्रतिकृया दिनुहोस्