जिप दुर्घटना हुँदा बैतडीमा १० जना घाइते

बैतडी, असोज २३ (ई-रैवार)
जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउ तर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप शुक्रबार दुर्घटना हुदा १० जना घाइते भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका- ४ का ४५ बर्षीय बलबीर सार्की, २८ बर्षीय प्रेम सार्की, ६२ बर्षीय बहादुरराम सार्की, २६ बर्षीय अर्जुन सार्की रहेका छन् । यस्तै सोही ठाउँका २६ बर्षीय अर्जुन सार्की, ६६ बर्षीय रामीराम सार्की, २८ बर्षीय राजेन्द्र सार्की, २७ बर्षीय राइजनराम सार्की, ३१ बर्षीय सुरेशराम सार्की र २८ बर्षीय सुरेश सार्की पनि घाइते भएका छन् ।
घाइतेहरुलाई आम्चोरा स्वास्थ्यचौकीमा समान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जनाएको छन् । जिप सडकबाट करिब ५० मिटर तल खसेको छ ।





प्रतिकृया दिनुहोस्