March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यास यथावत्

काठमाडौं, असोज १५ (ई-रैवार)

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले प्रतिलिटर मूल्य घटाएको हो ।

नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।

पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।