विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख नाघ्यो, मृतकको संख्या ९ लाख १२ हजार २ सय ४२ पुग्यो

काठमाडौं, भदौ २७ (ई-रैवार)
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ करोड ८३ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ८३ लाख १३ हजार ७ सय ३३ जना संक्रमित भएको तथ्यांक छ ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९ लाख १२ हजार २ सय ४२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६४ लाख ४२ हजार ५ सय ५७ पुगेको छ। त्यस्तै भारतमा ४५ लाख ६२ हजार ४ सय १४, ब्राजिलमा ४२ लाख ३८ हजार ४ सय ४६ र रुसमा १० लाख ४८ हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ ।
अमेरिकामा १ लाख ९२ हजार ९ सय ३६, ब्राजिलमा १ लाख २९ हजार ५ सय २२, मेक्सीकोमा ६९ हजार ६ सय ४९, बेलायतमा ४१ हजार ७ सय ३, इटालीमा ३५ हजार ५सय ९७ जनाको मृत्यु भएको छ ।
विश्वभर एक करोड ९० लाख ९२ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३६ लाख ८३ हजार ४७, अमेरिकामा २४ लाख १७ हजार ८ सय ७८, रुसमा ८ लाख ६५ हजार ६ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पनि ५१ हजार ९ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ हजार ६ सय ७२ जना संक्रमणमुक्त भएका छन् भने ३ सय २२ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या ४५ लाख ६२ हजार ४ सय १४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ७६ हजार २ सय ७१ पुगेको छ। भारतमा हालसम्म ३५ लाख ४२ हजार ६ सय ६३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
पाकिस्तानमा हालसम्म ३ लाख ३ सय ७१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ७० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ८८ हजार २ सय ६ जना उपचारपछि निको भएका छन् ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ३४ हजार ७ सय ६२ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ३६ हजार २४ छ ।
अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ६ सय ६ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २० जनाको मृत्यु भइसकेको छ भने ३१ हजार १ सय ५४ जना उपचारपछि निको भएका छन् ।
माल्दिभ्समा संक्रमितको संख्या ८ हजार ९ सय ९० जना रहेको छ। मृत्यु हुनेको संख्या ३१ छ भने उपचारपछि निको हुनेको संख्या ६ हजार ८ सय ४६ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार १ सय ६२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ९ सय ६९ रहेको छ ।
भुटानमा संक्रमितको संख्या २ सय ३८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १ सय ५५ छ ।
प्रतिकृया दिनुहोस्