नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
काठमाडौँ : भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमासम्बन्धी विवादमा तेस्रो पक्ष(मुलुक) को कुनै भूमिका नरहेको बताएको छ । मंगलबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीचको सीमा विवाद हलको प्रयास भइरहेको बताएका हुन् । ...


