कांग्रेसमा पदाधिकारीको संख्या बढाउने, संसदीय दलका नेता आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। महाधिवेशनले विधान संशोधन गरेर उपसभापतिको संख्या बढाए आङ्देम्बेले उम्मेदवारी दिने भएका हुन्। कांग्रेसले विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित केन्द्रीय समितिको...


