जोरायलमा बलात्कारको आरोपमा एक युवक पक्राउ

डोटी, भदौ २५ (ई-रैवार)
डोटीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बलात्कारका आरोपमा बिहीबार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार युवती बलात्कारको आरोपमा टेकबहादुर ओली पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा ओलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक थापाले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको सन्तान हुन सक्ने भनी युवतीलाई भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ गरिएको बताए ।





प्रतिकृया दिनुहोस्