March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

पहिलो खेलमैं रसियाको सहज जित

 

एजेन्सी, भदौ १९ (ई-रैवार)

यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा रसियाले सहज जित निकालेको छ । लेभ एसिन स्टेडियममा बिहीबार राति भएको खेलमा रसियाले सर्बियासँग ३–१ गोलको जित निकालेको हो ।

समूह जी अन्तर्गतको खेलमा रसियालाई जित दिलाउन अर्टिम ज्युबाले दुई गोल र भेसिया कार्भेइबले एक गोल गरे । उता सर्बियाका लागि आलेक्सेन्डर मार्टोभिसले एक गोल गरे ।

पहिलो हाफ बराबरी खेलेको रसियाले दोस्रो हाफमा गोल गर्न सफल भएको हो । खेलको ४८ औँ मिनेटमा रसियाका लागि अर्टिमले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । ६९ औँ मिनेटमा कार्भेइबले गोल गर्दै रसियाको अग्रता दोब्बर पारे ।

उता सर्बियाका लागि आलेक्सेन्डर खेलको ७८ औँ मिनेटमा एक गोल फकाए । ८१ औँ मिनेटमा अर्टेमले गोल गर्दै रसियालाई ३–१ गोलको जित दिलाए । जितसँगै रसियाले समूह जीमा तीन अंक जोडेको छ । समूह जी कै हङगेरीको पनि तीन अंक छ ।