April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा २१ जना नेपाली सेनामा कोरोना संक्रमण

 

डोटी, भदौ १६  (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा कार्यरत २१ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोटी अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा नेपाली सेनाका २१ जनासहित डोटीका २४ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले २१ जना नेपाली सेना राजपुर दिपायलमा कार्यरत रहेको बताइएको छ । भने, अन्य संक्रमित दिपायल सिलगढी नगरपालिकाका –६ का २ पुरुष र केआईसिंह गाउँपालिका १ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ।

यसअघि बैतडीमा कार्यरत १ नेपाली सेनाका जवानमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।