April 17, 2026, Friday
२०८३ बैशाख ५

सुदूरपश्चिममा भुकम्पको धक्का

 

धनगढी, भदौ ९ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ । मंगलबार राती ९ बजेर ९ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।

भुकम्पको धक्का बझाङ सहित लगायतका पहाडी जिल्लामा महशुस भएको बताईएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राबिधिक नविन बिकका अनुसार भूकम्पका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।