ओली र दाहालको बैठक सकियो, सचिवालय बैंठक शनिवार बोलाउने
- Eraibar
- २०७७ भाद्र ९, मंगलवार १५:०९
- 5 Shares

काठमाडौं, भदौ ९ (ई-रैवार)
सत्तारुढ नेकपाले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाइएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले भदौ १३ शनिवार गते सचिवालय बैठक बोलाउने निर्णय गरेका हुन् ।
दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच भएको दुई घण्टा लामो छलफलमा भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको जानकारी दिए ।
सचिवालय बैठकको एजेन्डा पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइएको कार्यदलले बुझाएको प्रतिवेदन रहेको सल्लाहकार थापाले जानकारी दिए।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्