ओली र दाहालको बैठक सकियो, सचिवालय बैंठक शनिवार बोलाउने

काठमाडौं, भदौ ९ (ई-रैवार)
सत्तारुढ नेकपाले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाइएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले भदौ १३ शनिवार गते सचिवालय बैठक बोलाउने निर्णय गरेका हुन् ।
दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच भएको दुई घण्टा लामो छलफलमा भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको जानकारी दिए ।
सचिवालय बैठकको एजेन्डा पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइएको कार्यदलले बुझाएको प्रतिवेदन रहेको सल्लाहकार थापाले जानकारी दिए।



प्रतिकृया दिनुहोस्