चट्याङ लागेर चार जना घाइते
- Eraibar
- २०७७ भाद्र ७, आईतवार १४:४३
- 10 Shares

अछाम, ७ भदौ (ई-रैवार)
अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका १ को मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । घाइते हुनेमा ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उहाँकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, त्यही ठाउँकी १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं रहेका छन् ।
घाइतेहरुको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्याङ लागेर पूर्णबहादुर भण्डारीका दुई वटा भैँसी र जक्तीराम बजगाईंका दुई वटा बाख्रा मरेका छन् ।
चट्याङले पूर्णबहादुर भण्डारीको घरमा समेत क्षेति भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक ९इन्सपेक्टर० लोकेन्द्र सिहं गुरुले जानकारी दिनुभएको छ ।
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
२०८३ कार्तिक ९, आईतवार १९:२४



प्रतिकृया दिनुहोस्