जीप दुर्घटना हुदा २ जना घाइते
- Eraibar
- २०७७ श्रावण ३१, शनिबार २२:१५
- 5 Shares

बैतडी, साउन ३१ (ई-रैवार)
बैतडीमा जीप दुर्घटना हुदा २ जना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत सिल्लेगडा नजिक आज भएको दुर्घटनामा परि २ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जीप साहु ४२ बर्षीय दशरथ चन्द र ४० बर्षीय करन ऐरी रहेका छन् । घाइते दुबै जनाको अवस्था मध्यम रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज सई मोती बमले जानकारी दिए । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाईएको छ ।
सिल्लेगडाबाट खोचलेक गइरहेको से १ ज ३२८ नम्बरको जीप अपरान्ह ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ । साहु दशरथचन्द आफैंले जीप चलाईरहेको बताईएको छ ।
दुर्घटनाग्रस्त जीपमा २ जनामात्रै सवार रहेका खोचलेक प्रहरी चौकीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्