April 18, 2026, Saturday
२०८३ बैशाख ५

५ दिनदेखि बेपत्ता महिलाको शव फेला

 

बैतडी, साउन  ३१ (ई-रैवार)

५ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । सुर्नया गाउँपालिकाका वडा नम्वर ५ रौलेश्वरकी ३९ वर्षीया जानकी मडैको पाटन नगरपालिका वडा नम्वर १ को भुङ्ङ भन्ने ठाउमा शव फेला गरेको हो ।

साउन २६ गते घरबाट घाँस काट्न गएकी मडै बेपत्ता भएकी थिइन् । स्थानिय तथा प्रहरीको टोलीले खोजी गर्दा पाटन नगरपालिका १ स्थित सुर्नया नदीको भुङ्ङ भन्ने ठाँउमा उनको शव फेला गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक धन देव सावदले जानकारी दिएका छन ।