March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

धनगढीको फुलबारीमा टप केयर पोलि क्लिनिक सञ्चालनमा

धनगढी असार ५(ई-रैवार)
धनगढीको फुलबारी क्षेत्रमा सुविधा सम्पन्न टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । फुलवारी क्षेत्र र त्यो भन्दा पुर्वी भेगका वासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि टप केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो ।

स्वास्थ्य क्षेत्रमा क्रियासिल तीन जना युवाको समुहले ३० लाखको लगानीमा पोलि क्लिनिक सञ्चालनमा ल्याईएको हो । शुक्रवारदेखि पोलि क्लिनिकले सेवा सुरु गरेको छ । हरिश बोहोरा, महेन्द्र विक्रम सावद र नरेन्द्र कुँवरको संयुक्त लगानीमा पोलि क्लिनिक सञ्चालनमा ल्याईएको हो ।

हुलाकी सडक खण्डमा हुने सवारी दुर्घटना वढी हुने तथा ग्रामीण क्षेत्रका जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेकोले विशेषत्र स्वास्थ्यकर्मी सहितको सेवा दिन पोलि क्लिनिकबाट सेवा दिन थालेको टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरका अध्यक्ष कृतवहादुर बिष्टले जानकारी दिए ।

पोलि क्लिनिकमा चौबिसै घण्टा ईमरर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, गुणस्तरीय प्रयोगशाला सेवा सहितको विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको सेन्टरका अध्यक्ष विष्टले बताए ।

शुक्रवार सेवा सुरु गरेको अवसरमा निशुल्क सेवा दिईएको छ । पहिलो दिन एक सय ३० जनाको सेवा दिईएको हो । उपचारका लागि आएका विरामीहरुलाई पनि औषधीमा समेत सेवा दिईएको छ ।