धनगढी उप–महानगरद्वारा धमाधम राहत वितरण

धनगढी चैत्र २९(ई-रैवार)
धनगढी उप–महानगरपालिकाले लकडाउनका कारण दैनिक जीविका चलाउन गाह्रो भईरहेका बासिन्दालाई धमाधम राहत वितरण गरिरहेको छ ।
नगरको बिपद ब्यबस्थापन समितिका अनुसार वडाहरुमा वडा स्तरीय राहत वितरण समितिले पठाएको बिवरणका आधारमा दैनिक ज्यादादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण भईरहेको छ । वडामा रहेको सर्वदलिय सर्वपक्षीय राहत वितरणसमितिले छनौट गरेर पठाएका ब्यक्तिले नै राहत पाईरहेको नगरपालिकाले जनाएको छ ।

हालसम्म ४१ हजार छ सय ७५ किलो चामल, पाँचहजार आठसय ३४ किलो दाल, चारहजार एकसय ६३ पोका तेल, चारहजार दुईसय १९ किलो नुन र तरकारीहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ । जुन चारहजार एकसय ५० भन्दा बढी परिवारले पाएका हुन् ।
उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले वडामा रहेको समितिले पठाएको विवरणका आधारमा राहत वितरण भैरहेको बताए । स्थानीयलाई मात्रै नभएर भाडामा बसेका विद्यार्थी र अन्यत्रबाट आएर धनगढीमा डेरा गरी बस्ने मजदुर परिवारलाई पनि राहत दिएको उनले बताए ।
धनगढी उप–महानगरपालिकाले कसैलाई कुहिएको चामल बाँडेको भन्ने खबर निराधार रहेको नगरप्रमुख वडले बताए ।





प्रतिकृया दिनुहोस्