एनपीएलमा आज अपराजित लुम्बिनी र लयमा फर्किएको काठमाडौं भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
खेल अपराह्न ४ बजे सुरु हुनेछ।
लुम्बिनी प्रतियोगितामा अहिलेसम्म अपराजित छ। उसले खेलेका तीन खेलमा तीनै जित निकालेको छ भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द हुँदा एक अंक बाँडेको छ।
लुम्बिनीले यसअघि सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। ७ अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौंले त्यसपछि भने लगातार दुई खेल जितेको छ। काठमाडौंले कर्णाली याक्स र विराटनगर किंग्सलाई हराएको हो।
तीन खेलबाट ४ अंक जोडेको काठमाडौं अंकतालिकाको चौथो स्थानमा छ। आजको खेल जित्दै काठमाडौं शीर्ष टोलीसँगको दूरी घटाउने लक्ष्यमा हुनेछ भने लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा मैदान उत्रनेछ।





प्रतिकृया दिनुहोस्