April 18, 2026, Saturday
२०८३ बैशाख ५

कोरोनाबारे नेपालमा बारम्बार सोधिने प्रश्न

काठमाडौं फागुन २८ (ई-रैवार)
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोरोना भाइरसबारे बारम्वार सोधिने प्रश्न उत्तर सहितको जानकारी सार्वजनिक गरेको छ।
जसमा कोरोनाको शंका लागेमा कुन अस्पताल जाने, कसलाई सम्पर्क गर्नेसम्मको जानकारी रहेको छ। कोरोना भाइरसको चेकजाँच निशुल्क हुने र चिकित्सकको परामर्शपछि मात्र यो टेष्ट गराउन सकिने जनाइएको छ। कोरोनाको चेक जाँचको लागि चिकित्सकको नाम र सम्पर्क समेत सूचनामा उल्लेख गरिएको छ।