October 10, 2026, Saturday
२०८३ आश्विन २४

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकसाथ सुरु गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना तीन ठाउँमा भइरहेको छ । प्रत्येक मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको समितिले जनाएको छ ।

यसअघि शुक्रबार राति सम्पन्न मतगणनाबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन् । प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । खड्गीले ३७५ मत पाएका थिए ।

सभापति पदको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गरिएको थियो । अब उपसभापति र महामन्त्री पदको मतपरिणामप्रति कांग्रेस नेता तथा कार्यकर्ताको चासो बढेको छ ।