भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
- Eraibar
- २०८३ भाद्र ४, बिहीबार १५:३९
- 3 Shares

धनगढी : कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भजनी नगरपालिका–४ कुडीस्थित भजनी–सुख्खड सडकखण्डमा बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सालको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा भजनी–१ मधुवन शिविरका करिब ३० वर्षीय मुकेश चौधरी गम्भीर घाइते भएका थिए। मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको प्रहरीले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र भजनी पुर्याइएको थियो। तर, राति करिब ९ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- कांग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृतसँग भर्चुअल बैठक गर्दै
- बाग्मती सरकारलाई समर्थन गरेका राप्रपा नेता उद्धव थापामाथि कारबाही, सदस्यता खारेज
- आरोप होइन, तथ्य र प्रमाणका आधारमा बहस गरौँ : रवि लामिछाने
- पारिश्रमिक बढाइदिने प्रलोभनमा दुई लाख घुस, विव्यस सदस्य पक्राउ
- ३५ वर्षपछि बङ्गलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन
-
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी
२०८३ श्रावण २६, मंगलवार १५:०२ -
डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा
२०८३ श्रावण २८, बिहीबार १९:०२ -
डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी
२०८३ श्रावण २६, मंगलवार ०८:५२





प्रतिकृया दिनुहोस्