कांग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृतसँग भर्चुअल बैठक गर्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूसँग शनिबार भर्चुअल बैठक गर्ने भएको छ।
२४ भदौदेखि सुरु हुने तल्लो तहका अधिवेशनलाई व्यवस्थित बनाउन निर्वाचन अधिकृतहरूसँग छलफल गर्न लागिएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शनिबार अपराह्न ४ बजे जुममार्फत बैठक हुनेछ।
यसअघि मंगलबार निर्वाचन समितिले निर्वाचन अधिकृतहरूलाई सानेपामा प्रशिक्षण दिएको थियो। प्रशिक्षणमा कांग्रेस सभापति गगन थापा पनि सहभागी थिए।
निर्वाचन समितिले मंगलबार १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको थियो।
संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन २४ भदौमा हुनेछ। यसअघि वडा अधिवेशन २ भदौमा गर्ने कार्यतालिका तय गरिएको थियो।





प्रतिकृया दिनुहोस्