बाग्मती सरकारलाई समर्थन गरेका राप्रपा नेता उद्धव थापामाथि कारबाही, सदस्यता खारेज

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसद पदबाट हटाउन सिफारिस गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो।
पार्टीको निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको बाग्मती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै थापामाथि कारबाही गरिएको राप्रपाले जनाएको छ।
थापामाथिको कारबाहीप्रति नेता कमल थापाले भने ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनले उद्धव थापालाई कारबाही गर्न नहुने धारणा राखेका थिए।
कारबाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ। राप्रपाले यसअघि नै बाग्मती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णयविपरीत कुनै दललाई समर्थन नगर्न प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको थियो।





प्रतिकृया दिनुहोस्