August 6, 2026, Thursday
२०८३ श्रावण २१

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन २ र ३ गते सञ्चालन गरेको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजामा ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

यस्तै, तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

सार्वजनिक परीक्षाफल सम्बन्धी जानकारी वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने बोर्डले जनाएको छ ।

No description available.