कैलालीमा ग्रिनेड पड्किँदा दुई सैनिक घाइते, काठमाडौँ रेफर
- Eraibar
- २०८३ श्रावण २१, बिहीबार १४:३७
- 12 Shares

धनगढी: कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन ।
गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकद्वारा सञ्चालन गरिएको सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्। दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। त्यसपछि थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
- कर्मचारीको नयाँ तलबमान स्वीकृत : न्यूनतम तलब २९ हजारदेखि ९० हजार नाघ्यो
- शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक, कुन श्रेणीका शिक्षकको तलब कति ?
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- कांग्रेस आधिकारिकता विवाद- देउवाको निवेदनले निस्सा पायो, सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने
- निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीले गरे प्रतिप्रश्न- हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ?
-
कैलालीको बढैपुरमा गौरा मन्दिर निर्माण हुने
२०८३ श्रावण १७, आईतवार १६:५२ -
धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै
२०८३ श्रावण १२, मंगलवार १७:५८ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह तत्काल राजीनामा नगर्ने, नेकपाभित्र किचलो
२०८३ श्रावण १६, शनिबार ०८:४२ -
कता छन् प्रदेश सभा सदस्य प्रकाश देउवा ? ११ महिनादेखि सेवा-सुविधा भने नियमित बुझ्दै
२०८३ श्रावण १६, शनिबार ०९:२६ -
नेपाली र मैथिली भाषामा प्रधानमन्त्रीको सम्बोधन : निष्पक्ष छानबिनको प्रतिबद्धता (पूर्णपाठ सहित)
२०८३ श्रावण १४, बिहीबार २१:५८





प्रतिकृया दिनुहोस्