August 6, 2026, Thursday
२०८३ श्रावण २२

कैलालीको बढैपुरमा गौरा मन्दिर निर्माण हुने

धनगढी : कैलालीको बढैपुरमा गौरा मन्दिर निर्माण हुने भएको छ । श्री केदार भागेश्वर बरालगाउँ समाजको बढैपुरमा सम्पन्न भेलाले गौरा मन्दिर निर्माण गर्ने निर्णय गरेको हो ।

भेलाले गौरा मन्दिर निर्माणका लागि समाजसेवी भोजराज जोशी (ठूलाघर) को अध्यक्षतामा मन्दिर निर्माण समिति गठन गरेको बरालगाउँ समाजका अध्यक्ष चेतराज जोशीले बताए ।

समाजसेवी जोशीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा लक्ष्मी जोशी (रुमायल), सचिवमा माधव जोशी (भट्टाड), कोषाध्यक्षमा लक्ष्मी जोशी (न्वाला) चयन भएका छन्।

त्यस्तै समितिका सदस्यहरूमा डिल्लीराज जोशी (मटखन्ना), केवलसिंह खत्री (सालाखेत) र राम बिक रहेका छन्।

बढैपुरमा गौरा मन्दिर स्थापना गरी धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्ने उद्देश्यले समिति गठन गरिएको हो। मन्दिर निर्माणका लागि समाजका सदस्य तथा स्थानीयबाट सहयोग घोषणा गर्ने क्रमसमेत सुरु भएको छ।

मन्दिर निर्माणका लागि बरालगाउँ समाजका अध्यक्ष चेतराज जोशीले ५५ हजार रुपैयाँ सहयोग घोषणा गरेका छन्। त्यस्तै तोयनाथ जोशी (बढैपुर)ले ५ हजार १ सय, दिनेशराज जोशी (चौमाला)ले ५ हजार, भोजराज जोशी (लिक्मा)ले ५ हजार ५ सय ५५, गोरबहादुर बिक (बनकट्टा)ले २ हजार ५ सय, रामबहादुर बिक (धनगढी गाउँ)ले २ हजार, सन्तबहादुर सुनार (बढैपुर)ले २ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

यसैगरी जगतबहादुर बिक (बसन्त टोल), दलबहादुर कामी (बसन्त टोल) र ठग्गो लुहार (बसन्त टोल)ले जनही १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

गौरा मन्दिर निर्माणका लागि मात्रै हालसम्म ८६ हजार १ सय ५५ रुपैयाँ सहयोग घोषणा भएको छ। समितिले आगामी दिनमा थप सहयोग जुटाउँदै मन्दिर निर्माणको काम अघि बढाउने जनाएको छ।

बरालगाउँ समाजको पहलमा स्थापना हुन लागेको गौरा मन्दिरले स्थानीयको धार्मिक आस्था र सुदूरपश्चिमको मौलिक गौरा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।