कैलालीको गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण

धनगढी : कैलालीको शहीद भीमदत्त पन्तको शालिक आइतबार एक समारोहबीच अनावरण गरिएको छ । गोदावरी नगरपालिका–५ गेटामा शहीद संघारी भीमदत्त पन्तको शालिक अनावरण गरिएको हो ।
गेटा स्थिति मोहना अत्तरिया ६ लेन सडक सँगै जोडिएको शहीद संघारी भीमदत्त पन्त सामुदायिक वनमा शालिक अनावरण गरिएको वनका अध्यक्ष अमृत लाल डगौरा थारुले बताएका हुन । शालिक शहीद संघारी भीमदत्त पन्त सामुदायिक वन उपभोक्ता समूहले नै विभिन्न दाताबाट रकम सङ्कलन गरेर निर्माण गरेको वनअध्यक्षका थारुले बताए ।
शालिकको आइतबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले अनावरण गर्दै सुदूरपश्चिमका ऐतिहासिक व्यक्तित्वको शालिक अनावरण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भीमदत्त पन्त जनताको हक र हितका लागि लडेको व्यक्तित्व भएको बताउँदै उनले समाज परिवर्तनका लागि लागेका मानिसहरूले भीमदत्त पन्तको अनुसरण गर्नुपर्ने बताए ।

उनले शालिकको उचाइ सडक भन्दा होचो भएकाले यसको उचाइ बढाउनका लागि नगरपालिकाले गर्ने सक्ने सहयोग गर्न तयार रहेको बताए ।
लक्ष्मण राज पन्तले २५ वर्ष अघि शहीद भीमदत्त पन्तको नामा स्थापना गरिएको वनले विभिन्न दाताको सहयोगमा शालिक अनावरण गरिएको बताए । उनले राना थारुको बाहुल्यता भएको वनमा सहिद भीमदत्त पन्तको नाम सँगै संघारी जोडिएको बताए ।
शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमृतलाल डंगौराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख भट्ट सहभागी थिए । कार्यक्रमको सञ्चालन सामुदायिक वनका सल्लाहकार लक्ष्मण पन्तले गरेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिका–१ का वडाध्यक्ष गोपाल भट्ट, शहीद भीमदत्त पन्तका विषयका जानकार प्रेमराज पन्त, नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेलगायत वक्ताहरूले शहीद भीमदत्त पन्तको जीवन, संघर्ष र समाज परिवर्तनमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।
वक्ताहरूले शहीदहरूको योगदानलाई सम्मान गर्दै इतिहास संरक्षण र भावी पुस्तालाई राष्ट्रप्रेम तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रेरित गर्न यस्ता स्मारक र स्मृति कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।



प्रतिकृया दिनुहोस्