कर्मचारीको नयाँ तलबमान स्वीकृत : न्यूनतम तलब २९ हजारदेखि ९० हजार नाघ्यो

काठमाडौँ : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।
बजेट मार्फत वृद्धि भएको नयाँ तलबमान अनुसार अब राज्यको प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ । यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो ।
पेन्सनमा १० प्रतिशत वृद्धि
तलब वृद्धिसँगै अवकाशप्राप्त कर्मचारीहरू अर्थात् पेन्सनधारीहरूको हकमा पनि १० प्रतिशतले नै पेन्सन रकम वृद्धि हुने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार यो नयाँ तलबमान २०८३ साउन १ गतेदेखि नै गणना हुने गरी कार्यान्वयनमा आएको छ । मन्त्रालयले सबै निकायलाई नयाँ तलबमान अनुसार नै भुक्तानी गर्न निर्देशन दिइसकेको छ ।













प्रतिकृया दिनुहोस्