प्रहरी हिरासतमा शंखास्पद मृत्यू

डोटी मंसिर ८(ई-रैवार)
प्रहरी चौकीको थुनामा रहेका एकजनाको शंखास्पद मृत्यू भएको छ । जोरायल गाउँपालिका–१ मा रहेको गैरा प्रहरी चौकीमा सोही गाउँपालिका–४ का २१ वर्षिय गणेश पालीको मृत्यू भएको हो ।
घटना आईतबार दिउँसोको हो । घटनाका विषयमा प्रहरी र स्थानीयबासीको भनाई बाँझिएको छ । मृतक पाली से १ ज २९२ नम्बरको जीपका चालक हुन् । दिउँसो गैरादेखी डडेल्धुराको गाङ्खेत जोड्ने सडकक्षेत्रमा विवाद सिर्जना हुँदा उनलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो ।
स्थानीयबासीका अनुसार सडकको मर्मत नभएको भन्दै मृतक पालीै अगुवाईमा सो सडक अवरुद्ध गरिएको थियो । त्यसक्रममा उनले मदिरा सेवन गरेको अवस्थामा रहेको प्रहरीको दावी छ ।
त्यसपछि प्रहरीले पक्रेर उनलाई थुनामा राखेको थियो । थुनामा राख्ने क्रममा प्रहरीले हातपात गरेको स्थानीय स्तरमा हल्ला छ । स्थानीयबासीका अनुसार त्यसपछि एकाएक पाईन्टको पासो लगाएर आत्महत्या गरेको भन्ने हल्ला प्रहरीहरुले नै चलाएका थिए ।
त्यहाँबाट खोलेर उनलाई नजिकैको स्वास्थ्य चौकी र त्यसपछि थप उपचार गर्ने भन्दै डडेल्धुरा लैजाने क्रममा उनको बाटोमा मृत्यू भएको भनिएको छ । यद्यपी स्थानीय स्रोतका अनुसार उनको प्रहरी चौकीभित्र मृत्यू भईसकेको थियो ।
यता जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले पक्राउ गरेर ल्याएपछि चर्पीबाट बाहिर निस्किदा लडेर ढुंगामा टाउको लाग्दा घाउ लागेको जाहेरी आफुहरु पुगेको बताए । ‘आत्महत्या भन्ने खबर आएको छैन् । चर्पीबाट फर्कदा लडेर ढुंगामा टाउको लागेको र उपचार गर्न लैजादा बाटोमा मृत्यू भएको भन्नृ खबर आएको छ,’ उनले भने । यसविषयमा जाँचबुँझ र अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए । उनले भने, ‘अत्याधिक मदिरा सेवन गरेको र खै केको ट्याब्लेट सेवन गरेको जानकारी चौकीले दिएको छ । त्यसविषयमा मेडिकल जाँच र फरेन्सीक चेँकजाँचपछि थाहा होला ।’
प्रतिकृया दिनुहोस्