June 29, 2026, Monday
२०८३ असार १५

डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

डोटी : डोटीको एक होटलमा युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलबाट घुम्न आएका थापासहितका १३ जनाको टोली शुक्रबार राति करिब साढे ९ बजे होटल पुगेका थिए ।

थापा राति होटलको कोठा नं.२०४ मा चालक बसन्त बहादुर सिंहसँगै सुतेका थिए । बिहान उनी आफ्नै बेडमा उत्तानो अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।