सभापति देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहितका नेताहरू

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि शेखर कोइरालासहितका नेताहरू निवास महाराजगञ्ज पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिएको हो ।
छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका हुन् । सभापति देउवा अहिले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन ।
छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य र कानुन व्यवसायीलाई बोलाएका थिए।
भृकुटीमण्डपमा विशेष महाधिवेशको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएको छ। सभापति देउवाले विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र सिर्जना हुनसक्ने अवस्थाबारे छलफल गर्न लागेका हुन्।





प्रतिकृया दिनुहोस्