January 15, 2026, Thursday
२०८२ माघ २

माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडाैँ : सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । 

सरकारका प्रवक्ता जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन ।

गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी नियुक्त

मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त भएका छन् ।

लामो समय निजी मिडियाको नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएका पत्रकार भण्डारी यसअघि अन्नपूर्ण पोष्टको प्रधान सम्पादकको जिम्मेवारीमा थिए । 

संस्थानको कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको कार्यकाल गत असोज १२ गते सम्पन्न भएको थियो । अध्यक्षको अनुपस्थितिमा संस्थानको कार्यकारीको जिम्मेवारी महाप्रबन्धक लालबहादुर ऐरीले निर्वाह गर्दै आएका थिए ।