जाँचबुझ आयोगमा बयान दिन पुगे पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौँ : पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक बयान दिन सिंहदरबारस्थित आयोग कार्यालय पुगेका छन्। पूर्वगृहमन्त्री लेखक सोमबार मध्याह्न बयान दिन आयोग पुगेका हुन्।
आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटना जाँचबुझसम्बन्धी आयोगमा बयान दिन लेखक सिंहदरबारस्थित आयोग कार्यालय पुगेका हुन्।
उनले बयान दिएपछि पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्। भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।




प्रतिकृया दिनुहोस्