April 18, 2026, Saturday
२०८३ बैशाख ५

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत परीक्षार्थीले गरे ग्रेड प्राप्त

काठमाडौँ : कक्षा-१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले असोज ७ र ८ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो।

बोर्डका अनुसार परीक्षामा सहभागी  १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

यसअनुसार ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। ४ परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ।

९७१०१०७०, ९७१०११२८, ९७१०२७१६ र ९७१०४०९९ सिम्बोल नम्बर भएका परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ।

बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ।

एसएमएसबाट नतिजा थाहा पाउन नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले ठूलो अक्षरमा एनइबी टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर उल्लेख गरी १६०० मा पठाउनुपर्नेछ।