धनगढी उपमहानगरपालिकाको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि

धनगढी : हरेक वर्ष नयाँ योजना घोषणा गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै कैलालीको धनगढी उपमहानगरपालिकाले प्रभावकारी कार्यक्रमलाई अभियानकै रूपमा निरन्तर सञ्चालन गर्ने नीति लिएको छ ।

स्वास्थ्य, सरसफाइ, पर्यटन, सामाजिक सुरक्षा र स्वरोजगारका कार्यक्रमलाई नागरिकको सहभागितासँग जोड्दै उपमहानगरले विकासलाई दिगो र समृद्धिलाई साझा लक्ष्य बनाउने अभ्यास गरिरहेको छ ।

यसै रणनीतिअनुसार यहाँ ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, ‘हाम्रो धनगढी, सफा धनगढी’, ‘उज्यालो धनगढी’, ‘सन्ध्याकालीन बजार’, ‘महिला उद्यम बजार’ र ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ लगायत कार्यक्रम सञ्चालनमा छन् । यी कार्यक्रमलाई सुरुआतदेखि नै प्राथमिकताका साथ अभियानकै रूपमा सञ्चालन गरिएको उपप्रमुख नन्दकला रानाले बताइन् ।

“भौतिक पूर्वाधार विकासका योजना त छँदैछन्, नागरिकको स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा, पर्यटन क्षेत्र जागरणका कार्यक्रमलाई हामीले जोड दिइरहेका छौँ”, उनले भनिन्, “यसले सबै उमेर समूह, विविध क्षेत्र र आवश्यकता भएका नागरिकलाई पनि हाम्रो अभियानमा जोड्छ ।”

गत असारमा सम्पन्न १५औँ नगरसभाले पारित रु दुई अर्ब ६४ करोड ६४ लाखभन्दा बढीको बजेटमा ती अभियानलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बताए । उनका अनुसार नागरिकको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा दीर्घकालीन प्रतिफल दिने योजनालाई अभियानकै रूपमा अघि बढाइएको हो ।

“कतिपय काम एकाध वर्ष सञ्चालन गरेर प्रतिफल देखिँदैन । नागरिकको आवश्यकता र कार्यक्रमको प्रभावका आधारमा निरन्तरता दिनुपर्ने हुन्छ”, उनले भने, “नगरप्रमुखलगायत जनप्रतिनिधिको सोहीअनुसारको सोच भएकाले उपमहानगरले कतिपय योजनालाई अभियानको रूपमा सञ्चालन गरेर सेवा विस्तार गरिरहेको छ ।”

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा

उपमहानगरले सबैभन्दा महत्व दिएको क्षेत्र स्वास्थ्य सेवा हो । यसअन्तर्गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा आएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ उपमहानगरको सबैभन्दा चर्चित कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ । यसले विशेषज्ञ चिकित्सकलाई अस्पतालबाट नागरिक तह अर्थात् वडासम्म पुर्याउन योगदान पुगेको छ ।

स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीका अनुसार उपमहानगरका १९ वटै वडामा नियमित रूपमा सञ्चालन हुने क्लिनिकमा जनरल फिजिसियन, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञबाट सेवा प्रदान गरिन्छ । पाठेघरको मुखको क्यान्सर परीक्षण, इसिजी, भिडियो एक्सरे, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणसमेत हुँदै आएको छ ।

कार्यक्रमका सम्पर्क व्यक्ति कृष्ण बोहराका अनुसार स्थानीय तहको दोस्रो कार्यकालको सुरुआतदेखि नै अगाडि बढाइएको यस कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ । यस अभियानमार्फत असार मसान्तसम्म एक लाख ७२ हजार ४२७ जनाले सेवा लिएका छन् । तीमध्ये ३० हजारभन्दा बढी ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका उनले जानकारी दिए ।

यस्तै, हालसम्म प्रयोगशाला सेवा ५९ हजार ८०६ जना, इसिजी सेवा १४ हजार ११७ र भिडियो सेवा आठ हजार ६९१ र गर्भवतीसम्बन्धी सेवा २२ हजार ३९३ जनाले लिएका छन् । “पहिले विशेषज्ञ सेवा लिन अस्पताल धाउनुपर्ने बाध्यता थियो । हाल आफ्नै वडामा सेवा उपलब्ध हुँदा ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर नागरिकलाई सबैभन्दा बढी सहज भएको छ । यसले समयमै रोग पहिचान र उपचार सम्भव भएको छ”, उनले भने ।

यस कार्यक्रमप्रतिको आकर्षण बढ्दै गएको छ । सम्पर्क व्यक्ति बोहराका अनुसार क्लिनिकबाट आर्थिक वर्ष २०८०/८१ मा ४६ हजार ५३ र आव २०८१/८२ मा ४१ हजार ६२२ जनाले सेवा दिएकामा गत आवमा ८० हजार ७९३ जना लाभान्वित भएका छन् । “आफ्नै वडामा विशेषज्ञ सेवा पाउँदा रोग लुकाएर बस्नेहरू खुलेर आउन थालेका छन् । यसले स्वस्थ उपमहानगर बनाउने अभियानमा सघाउ पुगेको हाम्रो बुझाइ छ ।” उपमहानगरपालिकाले सरकारले दिएका औषधिबाहेक थप १९ प्रकारका औषधि निःशुल्क रूपमा आफ्ना नागरिकलाई उपलब्ध गराउँदै आएको छ ।

सरसफाइलाई अभियान र आम्दानीसँग जोड्ने प्रयास

उपमहानगरले सरसफाइलाई केवल फोहर उठाउने कामका रूपमा मात्र लिएको छैन । फोहर व्यवस्थापनलाई वातावरण संरक्षणसँगै स्थानीय आम्दानीको स्रोत बनाउने प्रयास गरिरहेको छ ।

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानअन्तर्गत चार सयभन्दा बढी सरसफाइ समिति परिचालन गरिएका छन् । विद्यालय, समुदाय र विभिन्न सरकारी निकायसँग सहकार्य गरेर सरसफाइलाई साझा जिम्मेवारीका रूपमा विकास गर्ने प्रयास गरिएको वातावरण, खानेपानी तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थी बताउछन् ।

“फोहर व्यवस्थापनलाई साझा जिम्मेवारीको रूपमा लिँदै फोहर गर्नुहुँदैन र फोहर भएमा त्यसको सफाइ गर्ने दायित्व पनि हामी सबैको हुन्छ भन्ने सोच विकास गरिरहेका छौँ । यसले उपमहानगरलाई सफा राख्न सघाउ पुगको छ”, उनले भने । ।

वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीका अनुसार हरियाली प्रवर्द्धन, वृक्षरोपण, जैविक विविधता संरक्षण, सहरी तापक्रम न्यूनीकरण र भूउपयोग योजनालाई पनि यही अभियानसँग जोडेर अगाडि बढाइएको छ ।

“अव्यवस्थित बसोबासका कारण उत्पन्न डुबानलगायत समस्या समाधानका लागि पनि उत्तिकै चासो दिएका छौँ । भूउपयोग नीतिको पालना गर्ने र तत्कालका समस्या समाधानका लागि सात वटा जेसिबीमार्फत नाली खोल्ने, डुबानमा परेका घरबाट तुरुन्त पानी फाल्न पप्प प्रयोग गर्ने काम पनि अभियानकै अङ्गका रूपमा कार्यान्वयन गरिरहेका छौँ”, उनले भने ।

सहरी तथा पूर्वाधार विकास शाखा प्रमुख दिजराज भट्टले फोहर व्यवस्थापनलाई आर्थिक उपार्जनसँग जोडेर कार्यान्वयन गरिएको बताए । उनका अनुसार यसै प्रयासको प्रतिफल स्वरुप सूक्ष्म फोहर वर्गीकरण केन्द्रबाट आर्थिक वर्ष २०८०/८१ मा रु २५ लाख, २०८१/८२ मा रु ४२ लाख र २०८२/८३ मा करिब रु ७२ लाख आम्दानी हुने अवस्था बनेको छ ।

हाल दैनिक सङ्कलन हुने करिब ४३ टन फोहरमध्ये झण्डै ७० प्रतिशत पुनः प्रयोगका लागि व्यवस्थापन भइरहेको इञ्जिनियर भट्टले जानकारी दिए । “उपमहानगरले स्रोतमै फोहर घटाउने र व्यवस्थित रूपमा पुनः प्रयोग गर्ने तरिका प्रयोगमा ल्याएको छ । त्यसका लागि निजी क्षेत्रसँग साझेदारी गरिएको छ । अब एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र दिशाजन्य लेदो व्यवस्थापन प्रणाली क