धनगढीकि युवतीको शव काठमाडौँ बसपार्कको गेस्ट हाउसमा फेला, हत्या भएको प्रहरीको आशङ्का

काठमाडौँ : कैलालीको धनगढी घर भएकि एक युवतीको शव काठमाडौँ बसपार्कको गेस्ट हाउसमा फेला परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।
काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएका हुन ।
नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसको कोठाभित्रबाट गन्ध आएपछि आइतबार गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेको उनले बताए । सुनुवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ घर भएर माछापोखरीमा बस्दै आएकी थिइन् ।
सुनुवारको हत्या भएको प्रहरीको आशङ्का छ । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको हत्या भएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।





प्रतिकृया दिनुहोस्