एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई कास्य पदक दिलाएका हुन्।
जापानको टोयाहाशी जिम्नेसियममा बुधबार भएको कास्य पदकको भिडन्तमा तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्।
यसअघि विभिन्न स्पर्धामा नेपाली खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेका थिएनन्। तेन्जिङको कास्यसँगै २०औँ एसियाली खेलकुदमा नेपालको पदकको खाता खुलेको हो।
तेन्जिङ सेमिफाइनलमा भने इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि भएको प्रतिस्पर्धामा लाओसका खेलाडीलाई हराएका हुन्।



प्रतिकृया दिनुहोस्