टप एन्ड टी-२० सिरिज : नेपाल पहिलो खेलमै पराजित, आज बंगलादेश ‘ए’ संग भिड्दै

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ ।
हिजो भएको नेपाल पहिलो खेलमै पराजित भएको थियो । नेपाल टप एन्ड टि ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिए) सँग ४२ रनले पराजित भएको हो।
अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो।
नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा ३ विकेट गुमाउन पुग्यो। ओपनर कुशल भुर्तेल ८ रनमा, लोकेश बम रनको खाता नखोली र आशिफ शेख ११ रनमा आउट भए।
नेपाल सम्हालिन सकेन । कप्तान रोहित पौडेल र कुशल मल्लले चौथो विकेटको लागि मात्र ३५ रनको साझेदारी गरे। रोहित २३ रनमा र २६ बल खेलेर कुशल पनि सर्वाधिक ३४ रनमा आउट भए।
त्यसपछि पनि निरन्तर अन्तरालमा विकेट झर्यो। गुलशन झा २६ रनमा, दीपेन्द्र सिंह ऐरी १९ रनमा र सोमपाल कामी १ रनमा आउट भए। यो सँगै नेपाल १ सय ३५ रनमा समेटियो।
एनटिएसका म्याट हामोन्डले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ३ विकेट लिए। केन रिचार्डसन र थोमस एन्ड्रयुजले समान २ विकेट लिए।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको एनटिएसले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रनको योगफल तयार पार्यो।
डि आर्की सर्ट र जेक वेदरलाडले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरे। जेक ११ रनमा आउट भए। सर्टले अर्धशतक बनाए। उनले ३४ बल खेल्दै ७ चौका र १ छक्का सहित ५१ रनको उत्कृष्ट पारी खेले।
थोमस एन्ड्रयुज अविजित ३३ रनमा क्रिजमा रहे ।जोर्डन सिल्कले १९ र कोनर कारोलले १८ रन बनाए।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै सहाब आलामले २ तथा रूपेश कुमार सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले १/१ विकेट लिए।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् ।
दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
बंगलादेश ए गत सिजनको उपविजेता टोली हो । टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।
नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
प्रतिकृया दिनुहोस्