June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

उमा पद्मा अक्षय कोषमार्फत एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई छात्रवृत्ति

धनगढी । डोटीको बोक्टान फुड्सिल गाउँपालिका–१, काटैस्थित श्री कटकटेश्वर माध्यमिक विद्यालयका चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयका संस्थापक प्रधानाध्यापक उमाकान्त जोशीद्वारा स्थापना गरिएको उमा पद्मा अक्षय कोष मार्फत एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति दिइएको हो।
चार लाख रुपैयाँको अक्षय कोषमार्फत प्रदान गरिने यो छात्रवृत्ति विद्यालयका विद्यार्थीहरूलाई अध्ययनमा अझ प्रोत्साहन दिने उद्देश्यले स्थापना गरिएको हो। उक्त कोष सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका सदस्य तथा व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक पद्मकान्त जोशीको विशेष आतिथ्यतामा छात्रवृत्ति दिईएको हो ।
प्राध्यापक जोशीले आफ्ना बुबा आमाको ८४ वर्षको पूजा खर्च बचत गरेर अक्षय कोष स्थापनाका गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक तीर्थराज जोशीलाई लामो समयदेखि विद्यालयमा सेवा गरेको भन्दै विशेष सम्मानसमेत प्रदान गरिएको थियो।