टी-२० विश्वकप एशियाली छनोटमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने

काठमाण्डौ । नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतसंग खेल्र्ने भएको छ । ओमानमा असोज २२ ( अक्टोबर ८ ) गते टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोट प्रतियोगिता शुरू हुने भएको छ ।
नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । शनिवार जारी खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ (अक्टोबर १०) जापानसँग खेल्नेछ ।
सुपर सिक्सको शीर्ष ३ मा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्व कप खेल्नेछ। ।
नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टि ट्वान्टी आई सिरिज खेल्नेछ ।
विश्वकप छनोटमा नेपाल, कुवेत र जापान सहित ९ राष्ट्रको सहभागिता रहने छ । सहभागी ९ राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा युएई, मलेसिया र कतार रहँदा समूह ‘बि’ मा नेपाल, कुवेत र जापान रहेका छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन् ।
समूहको शीर्ष २ मा सुपर सिक्समा पुग्नेछन्। अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष ३ मा पर्ने टोली विश्व कपमा पुग्नेछ ।
भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । शुक्रवार युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।
विश्वकपमा छनोट यसप्रकार भएको छ :
आयोजक (भारत र श्रीलंका) – २
सन् २०२४ को टि ट्वान्टी विश्वकपको सुपर ८ मा पुगेका ७ राष्ट्र ( ८ मध्येको १ राष्ट्र भारत आयोजकका रुपमा छनोट भईसकेकोले ७ टोलीमा अफगानिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, इङ्ग्ल्याण्ड, अमेरिका, वेस्ट इण्डिज) – ७
३० जुन २०२४ सम्मको टि ट्वान्टी वरीयताका आधारमा (न्युजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड) – ३
अमेरिका क्षेत्रीय छनोट क्यानडा – १
युरोप क्षेत्रीय छनोट (इटली र नेदरल्याण्ड्स) – २
अफ्रिका छनोट २१ सेप्टेम्बरबाट सुरु हुने यसबाट २ मुलुक छनोट हुनेछन् । एसियाली तथा पुर्वी एसियाली छनोट ८ अक्टोबरबाट सुरु भई ३ टोली छनोट हुनेछ ।





प्रतिकृया दिनुहोस्