पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले ५१ करोड ६९ लाख ८८ हजार ७ सय २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाले सो बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाको १७ औँ गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि ५१ करोड ६९ लाख ८८ हजार ७ सय २५ रुपैयाँ बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष पशुपति खड्काले प्रस्तुत गरिन् ।
गाउँपालिकाले गाउँमै कमाउने, गाउँमै रमाउने वातावरण सिर्जना गर्न स्थानीय कच्चा पदार्थबाट साना उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने जस्ता कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
गाउँपालिकाको आर्थिक विकासका लागि बेमौसमी तरकारी खेती, फलफूल खेती, जडीबुटी खेती, पशुपालन, स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइने प्रस्तुत बजेटमा उल्लेख छ ।




प्रतिकृया दिनुहोस्