April 18, 2026, Saturday
२०८३ बैशाख ५

बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १७ औँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अनुमानित कुल आय ४४ करोड २१ लाख ५० हजार हुने बजेट सार्वजनिक गरेको हो।

आगामी वर्षका लागी सङ्घीय सरकार समानिकरण अनुदान ९ करोड १६ लाख, सङ्घीय राजश्व वाँड फाड १० करोड ४३ लाख , सङ्घीय सरकार शर्शत अनुदान १८ करोड २९ लाख, सङ्घीय सरकार समपूरक अनुदान ८५ लाख, प्रदेश सरकार समानिकरण अनुदान ७५ लाख २६ हजार, आन्तरिक आय र अल्या २ करोड १४ लाख ६४ हजार अनुमान गरिएको बजेट उपाध्यक्ष डम्मरी विष्ट कलेलले प्रस्तुत गर्नु भएको छ ।

बजेटमा कृर्षि, पर्यटन, शिक्षा, पूर्वाधार, स्वास्थ्य, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख छ । बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।

प्रस्तुत बजेट तथा योजना माथि अर्को गाउँभाको बैठकमा छलफल गर्ने गरी बैठक समापन गरिएको छ । अर्को गाउँ सभा बैठक यही असार २० गतेका लागी गाउँ सभाका अध्यक्ष भैरव बहादुर साउँदले आव्हान गरेका छन् ।