April 18, 2026, Saturday
२०८३ बैशाख ५

बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामि आर्थिक वर्षका लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको छ । बोगटान फुड्सिल गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको हो ।

गाउँपालिकाका उपाध्यक्ष बिष्ना देउवा बमले बजेट प्रस्तुतगरे अनुसार आर्थिक वर्ष २०८२/०८३ वर्षका लागी आन्तरिक आय ४३ लाख ७१ हजार अनुमान गरिएको छ । आगामी वर्षका लागी सङ्घीय सरकार समानिकरण अनुदान ९ करोड ३० लाख, सङ्घीय राजश्व वाँडफाड १० करोड ५७ लाख , सङ्घीय सरकार शर्शत अनुदान २१ करोड तिस लाख, सङ्घीय सरकार समपूरक अनुदान ८८ लाख, प्रदेश सरकार समानिकरण अनुदान ७६ लाख ७१ हजार अनुमान गरिएको बजेट उपाध्यक्ष बिष्ना देउवा बमले प्रस्तुत गरेकि छन् ।

प्रस्तुत बजेट तथा योजना माथि अर्को गाउँसभाको बैठकमा छलफल गर्ने गरी बैठक समापन गरिएको छ । गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले अर्को गाउँ सभा बैठक असार १३ गते बिहान ११ बजेका लागी गाउँभाका बैठक आव्हान गर्नु भएको छ ।