April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेती नदीमा एक पुरुषको शव फेला

डोटी । सेती नदीमा एक पुरुषको शव फेला परेको छ । डोटीको के।आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जनाएको हो । उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । उनको खैरो रंगको कट्टु लगाएको प्रहरीले बताएको छ ।