April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

डोटी । डोटीमा जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।

जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले जानकारी दिएका हुन ।

दुर्घटनामा सायल गाउँपालिका– ४ भल्मा बस्ने वर्ष २५ की पदमा बिष्ट, सायल गाउँपालिका–३ कचाली बस्ने वर्ष ६० की हरु बयाडी, सोही ठाउँका वर्ष २१ को यदु बयाडी घाइते भएका छन ।

त्यस्तै, पूर्वीचौकी गाउँपालिका–२ ठाकरा बस्ने वर्ष ३५ को गोविन्द ओली, सोही ठाउँकी वर्ष ४० की कुन्ती नेपाली, वर्ष ४० की हर्कादेवी साउँद, वर्ष ४० की कलु साँउद , वर्ष ५० की गोलमादेवी दमाई र वर्ष ३० को बाजी दमाई घाइते भएका छन ।

घाइतेहरूको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।