डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

डोटी । डोटीमा जिप दुर्घटना एक जनाको मृत्यु भएको छ । भने अन्य आठ जना घाइते भएका छन् । डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा मिनबहादुर वमको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिल गाउपालिकाको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय बमको मृत्यु भएको हो । भने अन्य आठ जना घाइते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका वमको उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक पालका अनुसार बोगटान फुड्सिल गाउँपालिका– का १९ वर्षीय धनबहादुर बम, ५० वर्षीया चनादेवी चन्द, ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द, केआइसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएका छन् ।
घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको पालले जानकारी दिए । जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका– १८ फुलवारीका २४ वर्षीय हरिचन्द्र चौधरीलाई नियन्त्रणमा लिएको डीएसपी पालले बताए ।





प्रतिकृया दिनुहोस्