डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु
- Eraibar
- २०८२ जेष्ठ ६, मंगलवार १३:१२
- 8 Shares

धनगढी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार एकजना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको हो । उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङ लागेको थियो ।
गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन ।
यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली बिष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्