April 16, 2026, Thursday
२०८३ बैशाख ३

निशानामा वडा कार्यालय

डोटी साउन १२(ई-रैवार): यसै साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो । वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाईए ।
त्यसको एकसाता नबित्दै शनीबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ । राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर नष्ट गरिएका छन् ।
वडा कार्यालयमा आगजनी भएका यी दुई घटनामात्रै होईनन् । त्यसअघि बैशाख २४ गते बडीकेदार गाउँपालिका–४ को कार्यालयमा पनि आगजनी भएको थियो ।
यी तीनवटै घटनाहरुको आधिकारीक जिम्मेवारी भने कसैले लिएको छैन् । यद्यपी प्रकृती एकनाशको छ । सबै घटना राती भएका छन्, जसमा कार्यालयका कागजातहरुलाई बढी क्षती पु¥याईएको छ भने, आधिकारिक जिम्मा कसैले लिएको छैन् ।
घटनाका दोषिहरुबारे भने प्रहरीले अझै अज्ञात समुह भनिरहेको छ । ‘घटनाको जिम्मेवारी कसैले लिएको छैन्,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझी भन्छन्,‘हामी अनुसन्धान गरिरहेका छौ । छिट्टै दोषि पत्ता लाग्छ ।’
यद्यपी यी घटनामा नेत्रबिक्रम चन्द९विप्लप० नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ । ‘जोरायल घटनास्थलमा एउटा मोवाईल फेला परेको छ,’ प्रहरी उपरीक्षक माझीले भने,‘सो मोवाईलको कल डिटेल हेर्दा विप्लप समुहको संलग्नता रहेको देखिन्छ । अझै अनुसन्धानपछि पूर्ण विवरण खुल्छ ।’
यता विप्लप नेतृत्वको नेकपाले भने अझै यसबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन् । डोटी जिल्ला र सुदूरपश्चिम प्रदेशका नेताहरु समेत सम्पर्कबिहिन छन् ।
यता धमाधम कार्यालयहरु जलिरहदा जनप्रतिनिधिहरु भने त्रसित भएका छन् । ‘आगजनीपछि पनि बैकल्पीक व्यवस्था गरेर कार्यालय सञ्चालन गरिरहेका छौ’, जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट भन्छन,‘कतैबाट अनुचित दबाब त छैन । र पनि अकस्मात कार्यालय जलाईएको छ, मन डर त हुँदो रैछ ।’
जनता र राष्ट्रको दायित्व रहेकाले जिम्मेवारी बहन गर्नुपरिरहेको बडीकेदार गाउँपालिका–४ का वडाध्यक्ष विरेन्द्र कोटकेनीले बताए । उनले भने,‘गर्नेले पनि राज्यको सम्पत्तीमाथि यसो नगर्नुपर्ने हो । राज्यले पनि सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने हो ।’
यसरी धमाधम वडा कार्यालयहरु जलाईदा अन्य जनप्रतिनिधी समेत त्रसित छन् । ‘बेलाबेला अनेकन धम्की आईरन्छन् । यसरी वडा कार्यालय जलाईदै छन्,’एक जन प्रतिनिधी भन्छन,‘यो देशमा के हुन्छ रु केही पत्तै छैन् ।’