भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

डोटी । डोटीको भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले मिनीट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जानकारी दिएका हुन ।धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो ।
प्रहरीका अनुसार मिनिट्रक अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खस्दा ट्रक चालक बझाङ जिल्ला बुङ्गल नगरपालिका–२ दहबगरका अन्दाजी ३२ वर्षीय अर्जुन धामी र ट्रकमा सवार सोही ठाउँका ४२ बर्षिया उज्जल जाग्री र ४० बर्षिया जगात धामीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस्